बाबुराम र उपेन्द्रको समाजवादी पार्टीले यी ८ सहरमा कार्यक्रम गर्ने

 

बैशाख २७, काठमाडौं । नवगठित समाजवादी पार्टीले देशका प्रमुख ८ सहरहरुमा विशेष कार्यक्रम गर्ने भएका छन् । 

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टी नेपालले एकताको सन्देश दिन र संगठन विस्तारका लागि देशका प्रमुख ८ सहरमा विशेष कार्यक्रम गर्ने भएका हुन् । 

null

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको पहिलो बैठकले काठमाडौं, विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, सुर्खेत र पोखरामा कार्यक्रम गर्ने निर्णय गरेको हो । 

जेठ ११ गतेदेखि २५ गतेसम्म चल्ने कार्यक्रम मोरङको विराटनगरबाट सुरु हुनेछ भने पोखरामा समापन गरिने पार्टीका सचिव प्रकाश अधिकारीले जानकारी दिए । 

कार्यक्रमलाई पार्टी अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले सम्बोधन गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *