आइतबारदेखि कंलकीमा जथाभावी सवारी साधन रोक्न नपाइने

 

बैशाख, १७, काठमाडौं । कलंकी चोकमा जाम बढेपछि ट्राफिक प्रहरीले सवारी साधनलाई व्यवस्थित बनाउन नयाँ कार्ययोजना ल्याएको छ । 

महानगरी ट्राफिक प्रहरी प्रभाग कंलकीको आयोजना भएको कंलकीका ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिने कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्थले यात्रुहरुको सहजताका लागि नयाँ कार्ययोजना ल्याएको जानकारी दिएका हुन् । 

null

महाशाखाका प्रमुख पन्थका अनुसार थानकोट देखि कंलकी चोकबाट १०० मिटर माथि कंलकी मन्दिरमा मात्र सवारी साधनले यात्रुहरु औराल्ने र झार्ने गर्न पाउनेछन् । त्यस्तै सोल्टीमोडबाट आएका यात्रुवाहक सवारी साधनहरु खड्कुलेको पुलमा रोक्नुपर्ने छ भने सितापाईलाबाट आएको सवारी साधनलाई कंलकी खशी बजार र खशी बजारबाट सितापाइलातर्फ आईरहेको सवारी साधनका लागि मकालु नजिकैको स्थान कायम गरिएको बताए । 

कलंकी चोकमा बनेको अन्डरपासका कारण पनि त्यहाँ जाम घट्न नसकेकपछि नयाँ व्यवस्था कायम गरिएको हो । आइतबारबाट लागु हुने गरि कार्ययोजना ल्याइएको ट्राफिक प्रहरी महाशाखाले बताएको छ । 

काठमाडौंबाट छुट्ने सवारी साधनमा कलंकी चोकबाटै यात्रु चढ्ने र ओराल्ने गरेकाले त्यहाँको ट्राफिक थप अस्तव्यस्त बनेका कारण अब ढुङगेअड्डाबाट मात्र यात्रु चडाउने व्यवस्था गरिएको हो । 

राजधानी भित्रने सवारी साधनको हकमा मकालु पेट्रोल पम्म वाफल पुल नजकि यात्रुहरु औराल्न पाउने व्यवस्था गरीएको छ । नयाँ बसपार्कबाट विभिन्न गन्तव्यका लागि छुटेर कलंकी चोकबाट यात्रु चढाउन रोकिने बस र माइक्रोबसको घुइँचोका कारण जाम हुने गरेको पाइएको छ । 

यात्रुलाई काठमाडौंका अन्य स्थानसम्म पुग्नका लागि नयाँ बसपार्कबाटभन्दा कलंकीबाट छिटो हुने भएकाले यात्रुहरु कलंकीमै उत्रिने गरेका कारण पनि जाम भएको स्थानियहरु बताउँछन् । ट्राफिक प्रहरीले टिकट काउन्टरलाई व्यवस्थित गर्न पनि टिकट काउन्टरहरुको सुची बनाउने भएको छ । 

‘सडक किनारमै रहेका यस्ता टिकट काउन्टरले यात्रुलाई नयाँ बसपार्क पुगिरहनु नपर्ने भएपनि सडक दुर्घटना र ट्राफिक जामको समस्या थपेको छ,’ महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक केशवराज भट्टले भने, ‘राजधानीको मुख्य प्वाईन्ट भएका कारण देशका विभिन्न स्थानहरुबाट आउने यात्रुहरुको चापले गर्दा कलंकी चोकको यातायात आवागमन चुस्त राख्न धेरै चुनौती छ ।’ 

दैनिक ४ हजार देखि ५ हजारसम्म यात्रुबाहक सवारी साधन काठमाडौं भित्रिने र बाहिरिने निरीक्षक भट्टले जानकारी दिए । सडक किनारमा बस र माइक्रोबसका करिब २० भन्दा बढी टिकट काउन्टरहरु सञ्चालनमा रहेका कारण पनि जाम समस्या भएको जानकारहरु बताउँछन् । 

कंलकी काउन्टरबाट लामो दुरीका टिकट काठेका यात्रुहरुले सिधै ढुङगेअड्डा पुगेपछि मात्र सवारी साधन चढ्नुपर्ने छ । यसले गर्दा केहि हदसम्म ट्राफिक व्यवस्थापनमा सहज आउने महानगरी ट्राफिक प्रहरी कंलकीका प्रमुख केशव राज भट्टले बताए । 

कार्यक्रमा बोल्दै कामनपा १४ का वडा अध्यक्ष सोभा साप्कोटाले पछिल्लो समय प्रशासनले अतिक्रमित क्षेत्रलाई खाली गर्न सक्रियता दिईरहेको र सडकमै पसल थाप्ने, सडक मिच्ने कार्यले ट्राफिक व्यवस्थापनमा असहज उत्पन्न हुँदै आएकोको प्रति वडा स्तिरबाट ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन तर्फ जाने काम सरु गरिसकेको बताइन् । 

उपत्यकाको चक्रपथभित्रको ट्राफिक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले हाल कलंकी तथा गौशाला क्षेत्रमा जथाभावी रुपमा राखिएका टिकट काउण्टर ७ दिनभित्र हटाउनेलगायत निर्णय गरेको हो । 

टिकट काउन्टरका कारण लामो दूरीका बसहरु रोकिने, यात्रु चढाउने र ओराल्ने कार्यले ट्राफिक जाम बढेपछि यस्तो निर्णय गरिएको हो । कलंकी क्षेत्रमा चोकमै बसहरु रोक्ने कार्यले सडक निकै अस्तव्यस्त बन्दै आएको थियो । टिकट काउन्टर हटाउने निर्णयसँगै ट्राफिक व्यवस्थापनमा सहजता आउने महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख बसन्त कुमार पन्थले बताए । 

टिपरलाई ट्राफिक प्रहरीको पास 

भक्तपुर र कलंकी नाकाबाट गुड्ने टिपरलाई अब ट्राफिक प्रहरीले पास दिने भएको छ । 

मालवाहक टिपरलाई उपत्यका प्रवेश निषेध गरिएकोमा टिपरहरुको प्राविधिक जाँचपास गर्न कठिनाइ हुँदै आएपछि त्यसको पास अब ट्राफिक प्रहरीले नै दिने भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *