८ वर्षीय बालकले किन गरे १ वर्षीय अबोधको हत्या ?

 

बैशाख १७, नयाँ दिल्ली । दिल्लीमा एक ८ वर्षीय बालकले १ वर्षीय अबोध शिशुको हत्या गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार दक्षिण दिल्लीको फतेहपुर बेरी इलाकामा आपसी विवादका कारण ती बालकले शिशुको हत्या गरेका हुन् । 

केही दिनअघि शिशुकी दिदीले खेल्ने क्रममा आरोपी बालकलाई धकेलेकी थिइन् । त्यसैको बदला लिनका लागि शिशुको हत्या गरको आरोपी बालकले बताएका छन् । 

null

भारतीय समाचार एजेन्सी आज तकले आरोपी बच्चाले आफूलाई धकेल्नेको भाइलाई बेस्सरी धकेलेका कारण शिशुको टाउकोमा गम्भीर चोट लागी मृत्यु भएको उल्लेख गरेको । घटना लगतै प्रहरीले ती बालकलाई नियन्त्रणमा लिइ किशोर न्याय बोर्डमा पेश गरेको । 

पुलिसका अनुसार शिशुको शव उनको घर नजिकैको नालीबाट भेटिएको हो । उनको दाहिने आँखा, पेट र खुट्टामा घाउको निशाना थियो । उनको कानबाट रगत बगिरहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *