राप्तीमा पहाडी वडाहरुको अनुगमन

 

वैशाख ३० चितवन । चितवनको राप्ती नगरपालिकाका पहाडी वडाहरुमा भएका विकास निर्माणको अनुगमन गरिएको छ । 

राप्ती नगरपालिका उपप्रमुख एवंम् अनुगमन समिति संयोजक इमानसिंह लामाको नेतृत्वमा वडाध्यक्षहरु,कार्यपालिका सदस्य र पत्रकारहरुको टोलीले नगरको पहाडी ३ वटा वडाको अनुगमन गरेको हो । 

null

वडा कार्यालय,नगरपालिका,प्रदेश र संघीय सरकारले विनियोजन गरेको वजेट तथा योजनाहरुको अनुगमन गरिएको थियो । राप्तीको वडा नम्वर १० को समीटारदेखी किरनटार सम्म बाटो निर्माण,थोपा सिंचाईका लागि पोखरी निर्माण,राप्ती ११ को चिसापानी जिम्लिङ बाटो निर्माण,राप्ती १२ ल्याङलिङमा निर्माणाधिन खानेपानी ट्यांकी,राप्ती १० को निर्माणाधिन वडा कार्यालयको अनुगमन गरिएको हो । 

 

भौगोलिक विकटता रहेको राप्तीको पहाडी वडाहरुमा बाटो निर्माणलाई प्राथमिकता दिईएको नगर उपप्रमुख लामाले वताए । राप्ती नगर उपप्रमुख लामासहित राप्ती १० का वडाध्यक्ष अम्वर वहादुर तामाङ,१२ का वडाध्यक्ष अर्जुन प्रजा,५ की वडाध्यक्ष मेनुका पाठक ,कार्यपालिका सदस्य दिलकुमार थिङ,नगरपालिकाका सव इन्जिनियर आकास वरालसहित पत्रकारहरुको टोलीले विकास निर्माणको अनुगमन गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *