यी युवाले आफू मरेर क्याम्पसका थुप्रै साथीलाई गोलाबारीबाट बचाए

बैशाख १९ । संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसको कक्षाकोठाभित्र घुसेका बन्दुकधारीलाई राइले होवेल नामका एक युवाले आक्रमण गरेको पुलिस एवं होवेल परिवारले जानकारी दिएको छ । 

 

२१ वर्षे होवेलले बन्दुकधारीलाई ढलाउन खोज्दा उनलाई गोली लागेको उनकी काकी मोर्गन होवेल मोइलानले बताइन् । अर्का १९ वर्षे विद्यार्थी रिड पार्लिएरको पनि मृत्यु भएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । 

null

मंगलबार ती बन्दुकधारी अचानक कक्षाकोठाभित्र छिरेर होवेलसहित अन्य ३० विद्यार्थी भएको कक्षाकोठामा गोली चलाउन थाले । 

च्यार्लोट–मेक्लेनबर्ग पुलिस विभागका प्रमुख केर पुत्नेका अनुसार होवेल बन्दुकधारी भएठाउँ तुफान दौडिएर उनलाई खुट्टाले हानेर ढाले । होवेलले यस्तो गरेपछि पुलिसले उनलाई पक्राउ गर्न सजिलो भएको उनले बताए । 

‘उनी एथलेट गर्ने युवा थिए । उनी ती आक्रमणकारीसँग भिडे,’ पुत्नेले भने । ‘दुर्भाग्यवश, उनले यस्तो गर्न आफ्नो ज्यान गुमाउनु पर्यो तर यसो गरेर उनले धेरैको ज्यान जोगाए ।’ 

‘होवेल मंगलबारका पहिलो र प्रमुख हिरो हुन्, गोलीबारी हुँदा मानिसले के गर्नुपर्छ भनेर जसरी कानूनले सुझाएको थियो, उनले त्यस्तै गरे,’ पुत्नेले भने । 

‘तपाईं कि त भाग्नुहोस्, कतै लुक्नुहोस् वा आफूलाई जोगाउनुहोस्, अथवा आक्रमणकारीसँग भिड्नुहोस् । कतै भाग्ने र लुक्ने ठाउँ नभेटेपछि उनले तेस्रो विकल्प चुने,’ उनले भने । 

होवेलकी काकीले आफ्नो भतिजोले जे गरे त्यसमा आफू चकित नभएको बताएकी छिन् । 

‘उनले निकै ठूलो काम गरे,’ मोइलानले भनिन् । ‘उनी सबैका रक्षक थिए । राइली हामीसँग हुँदा हामी निकै सुरक्षित महसुस गर्दथ्यौं ।’ 

होवेल उत्तरी क्यारोलिनास्थित वेनेसभिलमा रहेको आफ्नो घरमा तीन भाइ बहिनीको रेखदेख गर्दैगर्दा हुर्किए । उनको देशको सेना बन्ने सपना थियो । 

होवेल परिवारले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उनले जे विश्वास गर्दथे त्यसमा सधैं अडिग भए र मद्दतको खाँचो परेकालाई सहयोग गर्न कहिले पनि हिच्किचाएनन् ।’ 

‘उनको विश्वास बलियो थियो र मानिसहरुलाई उनको खाँचो भएका बेला के गर्ने भनेर राम्रोसँग थाहा थियो,’ परिवारले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ । 

मोइलनले आफ्नो भतिजोलाई ‘ठूलो टेडी बियर’ को संज्ञा दिएकी छिन् । उनका अनुसार होवेललाई खाना बनाउन र बाहिर घुम्न मनपर्दथ्यो । 

‘उनी सबै कुरामा फिट थिए । उनी कहिलेकाँही बच्चा जस्तै बनिदिन्थे,’ उनले भनिन् । 

उक्त गोलीबारीमा होवेल र उत्तरी क्यारोलिनाका मिडल्याण्डका पार्लिएरको मृत्यु भएको थियो भने अन्य चारजना घाइते छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *