मासु व्यवसायीलाई मेयर चौधरीको आग्रह – मानव स्वास्थ्यलाई ख्याल गरौ

 

जेष्ठ ६ चितवन ।  खैरहनी नगरपालिका भित्र मासु व्यवसाय गर्ने व्यवसायीहरुसँग नगरपालिकाले सोमवार अर्न्तक्रिया कार्यक्रम गरेको छ । 

नगरवासीलाई स्वच्छ मासु उपभोग गराउने उदेश्यका साथ खैरहनी नगरपालिकाले यहाँका व्यवसायीहरुसंग अन्र्तक्रिया गरी उनीहरुको समस्या समेत लिएको छ । 

null

कार्यक्रममा खैरहनीका मेयर लालमणी चौधरीले मानव स्वास्थ्यलाई ध्यानमा दिदैं स्वस्थ मासु विक्री वितरण गर्न आग्रह गरे । नगरपालिकाले वैशाख अन्तिम साता खैरहनीका मासु पसलहरुमा अनुगमन गरेको थियो । सो क्रममा यहाँका धेरै पसलहरु सरसफाईमा कमजोर भेटिनुका साथै नगरपालिकामा दर्ता नभएको पाईएको थियो । 

तपाईहरुलाई दुख दिने हाम्रो मनसाय होईन मेयर चौधरीले भने – उद्योगी व्यवसायीसंग सधै साथमा छौ,तर खाद्य सुरक्षालाई ध्यान दिन जरुरी छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माका अनुसार पहिलो चरणमा अनुगमन गरि सचेतनाका लागि व्यवसायीहरुसंग अन्र्तक्रिया गरिएको र दोश्रो चरणमा अनुगमन गर्दा कमजोरी फेला परे कारवाही प्रक्रिया अघि वढाईने वताए । 

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले खाद्यको गुणस्तर, कमजोर पाईए कानुनी कारवाही लगायतका विषयमा सहजीरकण गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *