मोदीको जीतपछि इमरान खान यी कुरामा आशावादी

 

जेठ १० ।  भारतीय लोकसभा चुनावको नतिजा लगभग आइसकेको छ । नरेन्द्र मोदीको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ठूलो जित हाँसिल गरेको छ । मोदी दोस्रोपटक देशका प्रधानमन्त्री बन्न जाँदैछन् । 

यो ठूलो जितमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ट्वीट गरेर भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । उनले लेखे, ‘म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भाजपा र उनका सहयोगी दललाई जीतका लागि बधाई दिन्छु । दक्षिण एशियामा शान्ति, प्रगती र समृद्धिका लागि उनीसँग काम गर्नका लागि आशावादी छु ।’ 

null

I congratulate Prime Minister Modi on the electoral victory of BJP and allies. Look forward to working with him for peace, progress and prosperity in South Asia 

चुनाव आयोगका अनुसार भाजपाले २८८ सिटमा जित हासिल गरेको छ र थप १५ सिटमा अघि बढिरहेको छ । भाजपाले आफ्नो प्रयासमा ३०३ सिट हाँसिल गरिरहेको देख्न सकिन्छ र भाजपाको नेतृत्व भएको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले ३५० सिटको आँकडा पार गरिसकेको छ । यद्यपी, सबै ५४२ सिटको नतिजा अहिले घोषणा भइसकेको छैन । मतगणना अझै जारी छ । 

कांग्रेस अध्यक्ष राहुल गान्धीले वायनाड सिटबाट चार लाख बढीको भोट अन्तरले जीत हाँसिल गरेको छ भने आफ्नो पारम्पारिक सिट अमेठीबाट उनले हारको सामना गर्नुपरेको छ । अमेठीमा भाजपा उम्मेद्वार स्मृति इरानीले राहुल गान्धीलाई पछि पारिरहेकी छिन् । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *