विमान दुर्घटनामा १३ काे मृत्यु भएकाे पुष्टी

बैशाख २५, मेक्सिको ।  मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । 

 

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । 

null

चिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए । उनले मृत्यु भएका व्यक्तिमध्ये सात जनाको शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अरु ६ जनाको शरीर टुक्राटुक्रा भएको पनि जानकारी दिए । 

नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गत आइतबार सम्पर्क बिहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *