भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

 

जेठ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । आज साँझ प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन् । 

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

null

प्रधानमन्त्रीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए । 

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको थियो । ओलीले दुई देशको भ्रमणले नेपालको अन्तराष्ट्रिय क्षेत्रमा थप नयाँ सम्बन्ध स्थापना भएको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *