मकै बारीमा ट्याक्टर चालकको शव फेला

 

जेठ ८, चितवन । चार दिन देखी बेपत्ता भएका  करिब ६० वर्षिय एक ट्याक्टर चालक मकै बारीमा मृत अवस्थामा फेला परेका छन् । 

भरतपुर महानगरपालिका वडा नम्बर ५ तोरीखेत स्कुल पछाडिको मकै बारीमा ६० वर्षीय रामकुमार चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

null

स्थानिय घर पुर्वी चितवनको सुल्ताना भएता पनी उनी करिब १० वर्ष देखी भरतपुर महानगरपालिका वडा नम्बर ५ नारायणगढपुरमा स्थानिय मदनबहादुर क्षेत्रीको घरमा ट्याक्टर चलाएर बस्दै आईरहेका थिए । 

मृतक चौधरीले अत्यधिक मदिरापान गर्ने भएकोले मदिराकै कारण मृत्यु भएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार शवको प्रकृती हेर्दा  उनको केही दिन अघि नै उनको मृत्यु भएको हुन सक्ने र घामले शरीरको भाग डढ्नुको साथै शव गलेको अवस्थामा भेटिएको छ । 

उनको हत्या भएको हो या उनको आफैँ मृत्यु भएको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *