शोकमा आरुबोटे गाउँ !

 

जेठ ७, फिदिम । २ परिवारका ९ जनाको हत्याले पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे गाउँ शोकमग्न भएको छ । 

मुखुण्डोधारीको समूहले स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेपछि स्थानीय त्रसित छन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । 

null

समूहमा आएका मुखुण्डोधारीले ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स तरिकाले हत्या गरेका हुन् । एक १२ वर्षीया बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए । उनका अनुसार भागेर बाँच्न सफल भएकी सीता गम्भीर घाइते छिन् । 

अहिले प्रहरी टोली घटनास्थल पुगिसकेको छ । भयावह घटनास्थलको फोटो खिच्न भने दिइएको छैन । धनराजको परिवारका पाँच जनाको शव घरभित्रै छ। बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा रहेको गाउँपालिका अध्यक्ष माखिमले जानकारी दिए । उनका अनुसार ज्वाईँको घरमा पाँचजनाको र सुसुराको घरमा चारजनाको हत्या भएको हो । पाँचजनाको शव एकै ठाउँमा थुप्रो लगाएको अवस्थामा छ । शवहरु विभत्स छन् । अनुहार चिन्न सकिने अवस्था छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *