गरिमा विकास बैंक  र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

 

जेठ ९, काठमाडाैँ ।  गरिमाविकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्नभएको छ । 

बिहीबार आयोजित एक कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र महालक्ष्मीलाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

null

सो सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्नेछन । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकामा ८ वटा शाखा कार्यालय सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *