‘राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा आम नेपालीलाई आशंका जन्मिएको छ’

राष्ट्रपति मार्फत प्रस्तुत भएको भाषाले धेरै कुराको आशंका पैदा भएको छ । 

नेपालको राजनीतिक इतिहासमा श्री ३ को सरकार थियो, जंगबहादुरले भन्थे ‘मेरो सरकार’ । त्यसपछि राजतन्त्र सुरु भयो, श्री ५ हरुले सरकारको निती तथा कार्यक्रम प्रस्तुत गर्दा पनि भनियो ‘मेरो सरकार’ । त्यसपछि हामीलाई लाग्यो सामन्ती राजतन्त्र मुलुकको विकासको लागि बाधक बन्यो । यसको अन्त्य गर्नुपर्छ भनेर हामी सबैले हातेमालो गर्यौं र, मुलुकमा गणतन्त्र ल्यायौं । 

गणतन्त्र ल्याइसकेपछि राजा ज्ञानेन्द्र स्वयंले ‘जनताको नासो जनतालाई नै फिर्ता गर्छु’ भनेर राजकीय अधिकार र सार्वभौमसत्ता अब जनतामा फिर्ता गरेको छु भनेर घोषणा गरेपछि २०६३ बैशाख ११ गते नेपालमा गणतन्त्र आयो र ‘मेरो सरकार’ समाप्त भएर नेपाल सरकार सुरु भएको हामी सबैलाई जग जाहेर छ । 

null

 

आज न्वारनदेखिको बल लगाएर सत्तारुढ माननीय सांसदहरुलाई यसको प्रतिकार गर्न जती सकस परेको छ, मलाई लाग्छ यो कोशिष नगर्दा राम्रो हुन्छ । यदी सरकारको पक्षमा न्वारानदेखिको बल निकालेर कोशिष गर्यौं भने फेरी जनता त्यो दृश्य सम्झन बाध्य हुन्छन् । 

हामीले भर्खरै सम्पन्न दशैंको टिका हेरेका छौं । दशैंको टिकामा प्रधानन्यायाधिशले घुँडा टेकेर टिका लगाउनु पर्ने, संबैधानिक निकायका प्रमुखहरुले घूडा टेकेर टिका लगाउनु पर्ने, अनी स्वयं प्रधानमन्त्री र राष्ट्रपतिका परिवार आउँदा आर्मीहरुले, अंगरक्षकहरुले कुर्सी बोकेर अगाडी पछाडी कुदेको हामीले देखेका छौं । प्रधानमन्त्रीको परिवार जाँदा कुर्सी राखिने, राष्ट्रपतिको छोरी ज्वाई जाँदा कुर्सी राखिने तर, संबैधानिक अंगका प्रमुखहरु जाँदा त्यो कुर्सी राष्ट्रपति भन्दा पछाडी, पर्दा पछाडी लगेको त्यो दृश्य देखेका छौं, जुन राजाले पनि गरेका थिएनन् । राजतन्त्रमा पनि त्यो भएको थिएन । आम सर्वसाधारणलाई खुल्ला मञ्चमा सँगै राखेर उभिएर टिका लगाइन्थ्यो ।  

राष्ट्रपतिलाई आज, त्यो कदम चाल्न कसले कसरी गराउँदैछ ? त्यो सरकारलाई थाहा छ । राष्ट्रपति जस्तो गरिमामय संस्थालाई बद्नाम गराउन यसलाई अलोकप्रिय बनाउनका लागि आलोच्य बनाउनका लागि कोशिष गरिँदैछ । 

यसका पछाडी के हुन सक्छ भन्दा, पूर्ववक्ता माननीय ज्यूहरुले भने जस्तै जतिबेला हामी रत्नपार्क र बागबजारमा राजतन्त्रका विरुद्ध नारा लगाउँदैथ्यौं । त्यो बेला अहिलेका प्रधानमन्त्री बालकोटमा बसेर भन्दै हुनुहुन्थ्यो, ‘बलयगाडा चढेर अमेरिका जानु र रत्नपार्कमा कराएर गणतन्त्र ल्याउनु एउटै हो’ भनिराख्ने ब्यक्ति बर्तमान प्रधानमन्त्री र उहाँबाट प्रस्तुत भएका निती तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्नुले प्रमुख प्रतिपक्षीलाई मात्रै हैन आम नेपाली जनतालाई उहाँ प्रति आशंका जन्मिएको छ । 

१ अर्ब ८० करोडको केहिकोप्टर किन्नु पर्ने, १८ करोडको गाडी किन्नु पर्ने, शितल निवासबाट फराकीलो ठाउँमा सानुपर्ने जस्ता जुन प्रवृत्ति देखिएका छन् यसले आशंका जन्माएको छ । सरकारको नीति तथा कार्यक्रम प्रति हाम्रो सैद्धान्तिक असहमति छ । संसोधन प्रस्ताव पेश गरेका छौं । सम्माननीय सत्तापक्षमा भएका वा प्रतिपक्षमा भएका सबै सांसदले यो त अत्ति भयो भन्नु भएको छ । कसले लेखिदिएको हामीलाई पनि थाहा छैन । स्वयं सत्ता साझेदारलाई माननीयहरुलाई पनि थाहा रहेनछ । त्यसकारण म सबैलाई संसोधन प्रस्तावमा मतदान गर्न आग्रह गर्दछु । 

सरकारको नीति तथा कार्यक्रममा सरकार हावादारी भयो, बकम्फुसे भयो । संविधानले निर्देशित गरेका केहि मौलिक हक अधिकारहरु महिला अधिकारको कुरा, दलित अधिकारको कुरा, जनजातिको अधिकारको कुरा संविधानतः कार्यान्वयन गर्न ऐन ल्याइयो, तर, त्यो ऐन मात्रैले कार्यान्वयन हुँदैन । त्यो निती तथा कार्यक्रममा संवोधन हुनुपर्दथ्यो । र, त्यसलाई बजेट मार्फत कार्यान्वयन गर्नुपर्नेमा हुन सकेन । त्यसलाई संसोधन गर्नुपर्दछ । 

विश्वकर्माले आज प्रतिनिधिसभामा गरेको संवोधन 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *