पुनर्वासमा प्रभु बैंकको नयाँ शाखा

काठमाडौं, १६ जेष्ठ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ कञ्चनपुर जिल्ला पुनर्वास नपा वडा नं ३ स्थित पुनर्वासमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । 

 

उक्त शाखाको पुनर्वास नपा का नगर प्रमुख जीवनराज थापाले उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

null

 

कार्यक्रमका प्रमुख अतिथी पुनर्वास नपाका नगर प्रमुख जीवनराज थापाल उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए । 

 

यो शाखा समेत गरी बैकले १७९ वटा शाखा, १४५ वटा ब्त्ः र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ । हिजोदेखि सञ्चालनमा आएको बैंकको पुनर्वास शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको बैंकका कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *