बिहिबार देखी ‘छैठौँ कान्तिपुर हिसान शिक्षा मेला–२०१९’ हुँदै

 

जेठ ७, काठमाडौँ । आगामी बिहिबार देखी काठमाडौँको भृकृटीमण्डपमा ‘छैठौँ कान्तिपुर हिसान शिक्षा मेला–२०१९’ सम्पन्न हुने भएको छ । 

चार दिन सम्म लाग्ने उक्त मेला उच्च शिक्षा तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) को आयोजनामा सम्पन्न हुन लागिएको हो । 

null

मेलाको आयोजना नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारे जानकारी गराउनको लागि सम्पन्न गर्न लागिएको हिसानका अध्यक्ष रमेश सिलवालले बताएका छन् । 

हरेक वर्ष उच्च शिक्षाको लागि विदेशीने नेपाली विद्यार्थीको लागि नेपालमा नै उच्च शिक्षा पाउन सकिन्छ भनेर देखाउन यस मेलाको आयोजना गरिएको सिलवालले बताए । 

उनले भने “वार्षिक एक लाख १२ हजार विद्यार्थी वैदेशिक अध्ययनमा विदेश जान्छन् यसरी विदेश जाँदा वार्षिक अर्बौ रुपैयाँ बाहिर गइरहेको छ, ती विद्यार्थीलाई रोक्नका लागि मेला आयोजना गरिएको हो ।” 

१५० भन्दा बढी शैक्षिक संस्था सहभागी हुने यस मेलामा माध्यामिक विद्यालयदेखि विश्व विद्यालय स्तरका उच्च शिक्षाको बारेमा जानकारी गराइने यस मेलाको संयोजक युवराज शर्माले जानकारी गरएका छन् । 

शर्माको अनुसार नेपालमा सञ्चालित शिक्षालयले दिने गुणस्तरीय शिक्षाबारेमा उचित जानकारी र परामर्श, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने विषयमा मेलामा जानकारी गराइने छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *