मन्त्री पदकाे दुरूपयाेगः विभागको गाडी खोसेर सल्लाहकारलाई !

 

जेठ १, काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदीय दुरुपयोग गर्दै सरकारी गाडी आसेपासेलाई बाँडेका छन् । 

स्वास्थ्य सेवा विभागका उच्च अधिकारीले चढ्ने गाडी खोसेर मन्त्री यादवले आफ्ना सल्लाहकार तथा सहयोगीलाई गाडी दिएका हुन् । सवारी सेवा सुविधा पाउनुपर्ने विभागका उच्च पदाधिकारीहरु भने सवारी विहीन छन् । 

null

उनका सल्लाहकारहरूले समेत मंहगा गाडी प्रयोग गर्दै सुविधा लिएको पाइएको छ । आफू निमुखा जनताको नेता भएको र जनताकै सेवा र सुविधाको लागी आजीवन लाग्ने भन्दै भाषण गर्दै आएका मन्त्री यादवले काम नै नभएका सल्लाहकारलाई नियम विपरितका बिलासी सेवा सुविधा दिलाएका हुन् । 

मन्त्रालयमा महंगा गाडीहरु पाँचवटा बिग्रिएर थन्किएको अवस्थामा तिनलाई मर्मत नगरी नयाँ खरिद गरेर मन्त्री यादवले नितीगत भ्रष्टाचार गर्दै सल्लाहकार तथा आसेसासेलाई पोस्दै आएको मन्त्रालय स्रोतले जनायो । 

मन्त्री यादवका सल्लाहकार डा. कृष्णकुमार राई र प्रेस सल्लाहकार भक्त थापाले सवारी सुविधा लिँदै आएका छन्. । सल्लाहकार राइलार्ई करोडौं मूल्य पर्ने बा१झ ८४७५ नम्बरको प्राडो प्रयोग गर्न दिएका हुन् । 

मन्त्री यादवले प्रेस सल्लाहकार थापालाई समेत बा१झ ८५१७ नम्बरको सुजुकी जीप दिलाएका छन् । प्रेस सल्लाहकार थापाले गत पुषमा नियुक्त भएदेखि नै गाडी सुविधा लिएका हुन् । 

डा. राई गएको प्रतिनिधिसभा चुनावअघि कांग्रेसबाट संघीय समाजवादी फोरम, नेपालमा प्रवेश गरेका थिए । खोटाङबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार समेत बनेका राई वाम गठबन्धनका विशाल भट्टराईसँग पराजित भएका थिए । उनी गएको साउनमा मन्त्री यादवको सललाहकारमा नियुक्त भएका थिए । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *