टिभीएस स्ट्राइकरको र्यालीमा नायक निखिल उप्रेतीकाे साथ

 

चपुर । नायक निखिल उप्रेतीको उपस्थितिमा निजगढ र चपुर नगरपालिकामा टिभीएस स्ट्राइकर र्याली निकालिएकाे छ । टिभीएस स्ट्राइकर मेलामा आउनुहोस सुपर स्टार निखिल उप्रेती सँग भेट्ने मौका पाउनुहोस् अफर अन्तर्गत माेटरसाइकल र्याली निकालिएकाे हाे । 

जगदम्बा मोटर्सले आधिकारिक बिक्रेता बिरगंज स्थित म्याक्स अटो, जितपुरको सगरमाथा मोटर्स, कलैयाको करण इन्टर प्राइजेज, निजगढको मा अजिमा ट्रेडर्स, चंद्रपुरको गणपति अटो एण्ड सेन्टर को माध्यमबाट टि भी एस स्ट्राइकर 125 cc को ग्राहकलाइ लक्षित गरि मेला शोरुम नजिकैको स्थानमा ३१ जेठ गतेबाट असार ३ गते सम्म सम्पन्न गरेको छ | 

null

मेलामा टिभीएस स्ट्राइकरको खरिद क्यास, फाइनान्स र एक्सचेन्जको माध्यमबाट खरिद गर्न पाउने भएपछी ग्राहकहरु खुसी भएर बाइक खरिद गरेका थिए । मेला अबधि भर टिभीएस स्ट्राइकर खरिद गर्ने ग्राहक लाइ कम्पनीले २आर्थिक बर्ष सम्म २०७५/७६ को कर फ्री साथै रेनकोट, हेल्मेट, फाइनान्स, एक्सचेन्ज पनि उपलब्ध गराएको थियो । 

 

नायक निखिल उप्रेतीले टिभीएस स्ट्राइकर किन्ने ग्राहकहरुलाई टिभीएस शोरुम निजगढ र चपुरमा गएर भेट गरेका थिए | मा अजिमा ट्रेड्स निजगढ र गणपति अटो एण्ड सेन्टर चंद्रपुरको टिभीएस स्ट्राइकर किन्ने करिब १०० जना ग्राहकलाइ लिएर निजगढ बजार, चंद्रपुर बजार परिक्रमा गरेर गरिएकाे थियाे । कार्यक्रममा टिभीएस स्टाइकर किन्ने ग्राहकहरु लाइ साँचो हस्तान्तरण गरिएकाे थियाे । भने, स्ट्राइकर किन्ने ग्राहकहरुले सुपर स्ट्रार निखिल उप्रेतीसँग लन्चसमेत गरेका थिए । 

यस्ता कार्यक्रम भोलिको दिनमा नेपालका विभिन्न ठाउँमा गर्ने र ग्राहकको लागि नयाँ नयाँ स्किम लन्च गर्ने जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *