कलाकार सरिता लामछिानेलाई ज्यान मार्ने धम्की
जेठ २२, काठमाडौँ । कलाकार सरिता लामिछानेलाई नेपाल चलचित्र कलाकार संघको चुनावमा अध्यक्ष पदको उमेद्वारी दिएको कारण ज्यान मार्ने धम्की आएको छ ।
उनले काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी गराएकी हुन् । ‘२० बर्षभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा आवद्ध लामिछानेले आगामी २५ गते शनिबार सम्पन्न हुन लागेको नेपाल चलचित्र कलाकार संघ निर्वाचनमा अध्यक्ष पदमा उमेद्वार दिएका छन् । उनीसँगै यस अध्यक्ष पदका लागि रवीन्द्र खड्काले पनि उम्मेदवारी दिएका छन् ।
null
उनले उम्मेदवारीपछि धेरै किसिमका धाकधम्की र बेइज्जति सहनु परेको समेत बताएकी छिन् । तर, कसले ज्यान मार्ने धम्की दियो भन्ने बारे बताउन चाहिन्न् ।
‘आफ्नो एजेन्डा राख्दै उनले भनिन् ‘तीन बर्ष महासचिव म के हैसियतले भएँ रु देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ, म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’
कार्यक्रममा लामिछानेले आफ्नो पीडा दुखेसो, एजेन्डा र गुनासो सबै पोखेकी छन् । उनले गरेको उक्त पत्रकार सम्मेलनमा करिश्मा मानन्धर, गौरी मल्ल र रेखा थापा लगायतकाे कलाकारहरूले सहभागी जनाएका थिए ।
कार्यक्रममा उनले चलचित्र कलाकार संघलाई एक भवन दिने एजेन्डा समेत प्रस्तुत गरेकी छन् ।
प्रेस विज्ञप्ती आदरणिय सञ्चारकर्मी मित्रहरुउपस्थितिकालागी हार्दिक नमस्कार ।उपस्थित अग्रज कलाकार, मेरा शुभचिन्तक र सहयोद्धा मित्रहरुलाई पनि म स्वागत गर्दछु ।
विषय– म माथि हुँदै आएका ज्यादतीका वारेमा जानकारी गराउने उद्धेश्य ।
सञ्चारकर्मी मित्रहरु, यही जेठ २५ मा नेपाल चलचित्र कलाकार संघको चुनावी साधारणसभा हुँदैछ । र, मैले अध्यक्षको रुपमा उम्मेदवारी दिएको समाचार यहाँहरुले प्रकाशित पनि गरिसक्नु भएको छ । चुनावी प्रतिस्पर्धाको तीन दिन अघि म आफ्ना मतदाता भेट्दै र आफ्ना एजेन्डा सुनाउँदै चुनावी माहोल वनाउन सक्रिय हुनुपर्ने वेलामा आफूमाथि भएका ज्याजती सुनाउँदै हिड्नु परिरहेको छ । पत्रकार मित्रहरु, एउटा उम्मेदवारकालागी यो निश्चय नै दुःखद पक्ष हो । तर, म माथि भइरहेका ‘ह्या¥यासमेन्ट’का प्रयासहरु झनै दुःखद छन् ।
मैले भनिरहनु पर्दैन की म दुई दशकदेखि चलचित्रकर्ममा सक्रिय छु । अर्को पेशा नगरी र नसोचिकनै मैले यसै क्षेत्रवाट प्राप्त आम्दानीले गुजारा चलाउँदै आएकि छु । यस क्षेत्रवाट मैले मनग्गे मान–सम्मान र आदर–सत्कार कमाएको महसुस समेत गरेकी छु ।
अभिनय कलाका साथै नेपाल चलचित्र कलाकार संघको महासचिव भएर तीन बर्ष गुजारिसकेको पनि मैले यहाँहरुलाई पक्कै भनिरहनु पर्दैन । मैले सार्वजनिक जीवनमा निर्वाह गरेको भूमीका यिनै दुईवटा हुन् । तर, नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएपछी भने मैले धेरै किसिमका धाकधम्की र बेइजती सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्याननै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।
संघको अध्यक्षमा चुनाव लड्ने निर्णय लिएपछी सिडियो कार्यालयमा सरिता लामिछाने कलाकार नै होइन भनेर मुद्धा हालियो । तीन बर्ष महासचिव म के हैसियतले भए ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ म ती मुद्धावालाहरुलाई सोध्न चाहान्छु ।
अर्को बिडम्बना के छ भने एक पटक सम्पूर्ण प्रमाणहरु पेश गरिसकेपछी फेरि–फेरि उही शैलिका मुद्धा परिरहे सिडियो कार्यालयमा । मैले घर–परिवार, काम सवै छोडेर त्यही अनावश्यक मुद्धाको सामना गरिरहनु प¥यो । बरिष्ठ चलचित्रकर्मीहरु सम्मिलित छानमिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछी र सिडियो कार्यालयले मलाई ‘क्लिन चिट’ दिइसकेपछी पनि अनेकौं अर्नगल प्रचार र धाकधम्की दिन छोडिएन । ‘नोमिनेशन’ गर्ने दिनमा समेत संघको कार्यालयमा आएर हुलहुज्जत गरियो ।
निवर्तमान कार्यसमितिमा सदस्य रहेका र सचिवका उम्मेदवार समेत रहेका कलाकारमाथि कुटपिट गरियो । मलाई समेत मनपरी गाली गरियो । र, उल्टै पुलिस बोलाएर हामी माथि लाल्छना लगाईयो । प्रहरीले हामीलाई थाना बोलायो, बयानकालागी । त्यो दिन पुलिसको पछी लाग्दा लाग्दै सकियो । त्यससँगै पटक पटक र विभिन्न निकायमा चुनाव रोक्नकोलागी र सरिता लामिछानेको उम्मेदवारी खारेज गर्न निवेदन र विभिन्न धम्कीहरु दिइरहियो ।
अध्यक्षमा ‘नोमिनेशन’ गरेसँगै म माथि निगरानी समेत बढाइएको छ । म हिडेपछी मोटरसाइकल मार्फत मुस्तन्डेहरुले पछ्याउन थालेका छन्, घर नै सम्म । अस्तीको दिन साँझ घर नं टिप्न दुईजना आएका थिए । छोटकरीमा भन्दा मलाई प्रत्यक्ष पनि र अप्रत्यक्ष पनि तर्साउने प्रयास भइरहेको छ ।
चुनावमा प्रतिस्पर्धा हुन्छ र रिजल्ट हारजीतमा आउँछ । यो सामान्य प्रक्रिया हो । जो म हृदयदेखि नै स्वीकार्न तयार छु । मैले जित्नै पर्छ भन्ने छैन । तर प्रतिस्पर्धा गर्न पाउने मेरो अधिकार खोस्ने छुट कसैलाई छैन भन्ने मलाई लाग्छ । म राजनीतिलाई सम्मान गर्छु । तर, कलाकार–कलाकारलाई फुटाउने पार्टीगत राजनीति हावी भएको संघ पटक्कै सोच्न सकिदैन ।
पत्रकार मित्रहरु, मलाई के पनि लाग्छ भने ती केही दुसित मानसिकता भएकाहरु एउटी महिला नेतृत्वमा आएको हेर्न चाहादैनन् । आइमाइ हो, तर्साएर खेद्नुपर्छ भन्ने मानसिकताले उनीहरु काम गरिरहेका छन् भन्ने मलाई लाग्छ । मलाई घर वाहिर र भित्र पनि अपराधी बनाउने कोशिस भइरहेको छ, पत्रकार साथीहरु । सिडियो कार्यालय र पुलिसकहाँ धाउँदा छोरीले सोध्छिन् ‘आमा के अपराध गरेऊ’ ? पत्रकार मित्रहरु, भन्नुहोस् म छोरीलाई के जवाफ दिउँ ? घर नेपालगञ्जवाट ८६ बर्षका ससुराबाले यही प्रश्न गर्नुहुन्छ ? झापावाट बुवा–आमाले यसै प्रकारका प्रश्न गर्नुहुन्छ । म क–कस्लाई के जवाफ दिऊँ, मलाई सुझाव चाहियो । के मैले कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिनु नै अपराध हो ?
अन्त्यमा, प्रजातान्त्रिक प्रक्रिया, मानवअधिकार, महिलाअधिकार र समग्रमा नैसर्गिक अधिकारका सिद्धान्तभन्दा वाहिर गएर जुन चरित्र र संस्कार एउटा कोणवाट म माथि प्रदर्शन गरिदैछ, त्यसको सामना कसरी गरुँ ? मलाई सुझाव चाहियो । म माथिका यी ज्याजतीलाई म कसरी चिरुँ ? सल्लाह चाहियो । यहाँहरुवाट मैले प्रश्नसँगसँगै सुझाव–सल्लाहको अपेक्षा समेत गरेकीछु । धन्यबाद