शक्तिशाली भूकम्प जाँदा ११ काे मृत्यु १२२ घाइते

  

 

असार ३ ।  चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने १ सय २२ जना घाइते भएका छन् । चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने उक्त भूकम्पको पराकम्प मंगलबार बिहान ५.३ रेक्टर स्केलको गएको थियो । 

null

समाचार एजेन्सीमा उल्लेख भएअनुसार चान्गिन्ग काउन्टीमा दुई व्यक्ति अझै फसिरहेका छन् । जसमध्ये एकजनाको अवस्था गम्भीर भएको उद्धारकर्ताले जनाएका छन् । यसैगरी, शौन्गी शहरमा चार घाइतेलाई अस्पताल पठाइएको छ । 

प्रान्तीय राजधानी चन्गदूमा भूकम्प चेतावनी प्रणालीले भूकम्प आउनुभन्दा एक मिनेट पहिले सर्तक गराएको थियो । यसलगत्तै भूकम्पको झट्का महसुस गरिएको थियो । चीनको आपतकालीन प्रबन्धन मन्त्रालयले तुरुन्तै राहत वितरण कार्य शुरु गरिसकेको छ । 

प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु पठाइएको छ । स्टेट मिडियाको अनुसार राष्ट्रिय खाद्य मन्त्रालयले पाँच हजार टेन्ट, १० हजार फोल्डिङ बेड र २० हजार ब्ल्याङ्केट प्रभावित क्षेत्रमा पठाइएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *