लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसमा रत्ननगरमा र्याली

 

असार ११, चितवन । अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस रत्ननगरमा पनि मनाइएको छ । 

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज (बुधबार) लागु औषध दुरुपयोग तथा ओसार पोसार विरुद्धको ¥याली निकालिएको हो । 

null

सामुदायिक प्रहरी सेवा केन्द्रको परिसरदेखी सुरु भएको र्याली इलाका प्रहरी कार्यालय टाँडीमा पुगि सभामा परिणत भएको थियो । र्यालीमा विभिन्न संघसंस्था, आमा समुह, विद्यार्थी लगायत सहभागी थिए । 

र्यालीपछि आयोजित सभाका प्रमुख अतिथी समेत रहेका रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगरलाई सभ्य समाज निमार्णको लागि आफू र नगरका जनप्रतिनिधिहरुबाट लागु औषध प्रयोगकर्ता छुटाउन प्रहरीमा दवाव दिन नआउने प्रतिबद्धता जनाए । 

अभिभावकहरुले आफ्ना छोराछोरीलाई पुर्नस्थापना केन्द्रमा राख्नै नपर्ने गरी चनाखो हुनु पर्नेमा मेयर वनको जोड थियो । 

सामुदायिक प्रहरी सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारीको अध्यक्षतामा भएको सभामा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान बहादुर मल्लले चितवनको शान्ति सुरक्षा मजबुद बनाउन लागु पदार्थ सेवनको अन्त्य गर्नु पहिलो प्राथमिकता रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *