उदयपुरमा सौताको घाँटी रेटेर हत्या

 

असार ८, विराटनगर । उदयपुरमा एक महिलाले आफ्नो सौतालाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेकी छन् । 

उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवामा आइतबार दिउँसो ३० बर्षीया सीता राईले आफ्नी सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेकी हुन् । 

null

श्रीमानले कान्छी श्रीमती ल्याए पश्चात् श्रीमानँंग छुट्टीएर पुरानो घर देखि करिब १०० मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी राईले घरमा बोलाएर एक्कासी आक्रमण गरेकी हुन् । हत्या भएको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरीएको चक्कु घटनास्थलबाट बरामद गरेको छ । 

हत्यामा संलगन भएको आरोपमा सीता राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *