सरकारले फिर्ता लियो गुठी विधेयक

 

असार ३, काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेको छ । 

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले मंगलबार पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिने निर्णय गरिएको जानकारी दिएकी हुन् । 

null

यो विधेयक राष्ट्रियसभामा दर्ता भएको भइसकेकाे थियाे । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै त्यसको चौतर्फी विरोध, आलोचना तथा प्रदर्शन चर्किँदै गएपछि सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको हो । 

यसबारे प्रधानमन्त्रीले साेमबार काठमाडौंका सांसद तथा सरोकारवालाहरुसँग छलफल गरेका थिए । आजै यस विषयमा जानकारी गराउन प्रधानमन्त्रीले संसदमा समय पनि लिएका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि बैठकमा प्रधानमन्त्रीले बोल्न पाएका थिएनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *