जीप दुर्घटना हुँदा ९ को मृत्यु, चार घाइते

 

असार २, काठमाडौँ । बझाङमा जीप दुर्घटना हुँदा नौ जना घाइते हुनुको साथै चार जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । 

से. १ ज १०७२ नम्बरको जीप बझाङको चैनपुर नगरपालिका नजिकै रहेको डुङ्रीबाट मष्टा गाउँपालिका जाँदै गर्दा मष्टा गाउँपालिका–१ डौठी भन्ने स्थान दुर्घटना भएको हो । 

null

नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताए अनुसार उक्त दुर्घटनामा परी एक बालक, एक बालिका, तीन महिला र चार पुरुषको मृत्यु भएको हो भने थप चार जना घाइते भएका हुन् । 

हाल घाईतेहरुको उद्दार भईरहेको छ भने यस दुर्घटनामा परेका व्यक्तिहरुको पहिचान खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *