आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस

काठमाडौं, १५ असार । आज असार १५ अर्थात मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य दिन नेपालभर धान दिवस मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि विभाग अन्तर्गत गठित सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले बर्दियामा धान दिवसको विशेष कार्यक्रम समेत आयोजना गरेको छ । 

 

यस वर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । 

null

आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गर्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *