नेयमारमाथि लाग्यो यौन दुर्व्यवहारको आरोप
मकालु खबर
२०७६ जेठ १९ गते
जेठ १९, काठमाडौं । ब्राजिलका फुटबलर नेयमारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
स्पेनकी एक महिलाले नेयमारल पेरिसको एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।
null
साउ पाओलो प्रहरीका अनुसार ती महिलाले यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी छिन् । प्रहरीमा दर्ता भएको अभियोगमा महिलाले आफ्नो नाम गोप्य राखेकी छिन् ।
यस विषयमा नेयमारले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
नेयमार पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फुटबल खेल्दै आइरहेका छन् । अहिले नेयमार कोपा अमेरिकाका लागि ब्राजिलियन टोलीबाट प्रशिक्षण गरिरहेका छन् ।
मकालु खबर
२०७६ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित