थलीमा स्थानीयको प्रदर्शन, सवारी आवागमन ठप्प (फाेटाेफिचर)

 

जेठ २८, काठमाडौं । थली क्षेत्रको सडकखण्ड कालोपत्रे गर्न माग गर्दै थलीका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । 

उनीहरुले सडकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् । सडक निर्माणमा लापरवाही भएको उनीहरुको आरोप छ । 

null

 

प्रदर्शनको कारण चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु चल्ने सम्पूर्ण सवारी प्रभावित भएका छन् । उनीहरुले निजी सवारी, तथा विद्यालयका बस समेतलाई आवत जावत गर्न दिएका छैनन् । 

 

केही समयअघि चुच्चेपाटी–बौद्ध–जोरपाटीका स्थानीयले पनि त्यहाँको सडकखण्ड कालोपत्रे गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनपछि अहिले त्यहाँको सडकखण्डको कालोपत्रेको काम अघि बढाइएको छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *