आश्विन ३ र ४ गते सुनसरीको धरान नगर स्तरीय शाररीक सुगठन प्रतियोगीता
जेठ २६, धरान । सुनसरी जिल्ला बडिबिल्डर एशोसिएसन तथा फिटनेश संघले लामो समयको अन्तरालपछि पुन धरान नगर स्तरीय शाररीक सुगठन प्रतियोगीता गर्ने भएको छ ।
आईतबार धरान १२ स्थित अमान बजारमा पत्रकार पत्रकार सम्मेलनको आयोजना गरी खेलकुदको क्षेत्रमा धरानको शारीरिक सुगठन प्रतियोगीताले छुट्टै पहिचान बनाएको र सोही पहिचान लाई कायम राख्नका निम्ती पनि प्रतियोगीता गराउन लागेको सघका अध्यक्ष चन्दन श्रेष्ठले जानकारी दिए ।
null
सम्मेलनमा अध्यक्ष श्रेष्ठले धरानका स्थानीय खेलाडीहरुलाई प्रोत्साहित गर्नका लागी पनि यहि आउँदो आश्विन ३ र ४ गते प्रतियोगीता आयोजना गर्ने जानकारी दिए ।
धरानकै सर्वाधिक राशि भएको सो प्रतियोगीतमा धरान नगरभरिका करिब ३० जना खेलाडीको सहभागीता रहने छ ।
जसमा ५५ केजी तौल देखी ७० केजी तौल सम्मको छुट्टाछुटै प्रतिष्प्रर्धा गराईनुका साथै सबै राउण्डको बिजेतालई अर्काे चरनमा ओभरल राउण्ड अर्थात फाईनल राउण्डको लागी प्रतिष्प्रर्धा गराईने आयोजनक फिटनेश संघले जनाएको छ ।
फाईनलमा बिजेता बन्नेलाई नगद १ लाख दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई ३० हजार तथा चौथो हुनेलाई नगद २० हजार प्रदान गरिनेछ । त्यस्तै बिभिन्न तौल समुह मध्ये ५५ किलोमा दोश्रो हुनेलाई नगद १० हजार र तोश्रो हुनेलाई नगद ५ हजारका ६० किलो तौलमा दोश्रोलाई १० हजा र र तेश्रो हुनेलाई ५ हजार,६५ किलो तौलमा दोश्रो हुनेलाई १० हजार र तेश्रो हुनेलाई ५ हजार तथा ७० किलो तौलमा दोश्रो हुनेलाई १० हजारका साथै तेश्रो हुनेलाई नगद ५ हजार प्रदान गरिने छ ।
दुई लाख ६० हजारको लगानीमा हुन लागेको सो प्रतियोगीतामा एक क्लबबाट कम्तिमा २ जना खेलाडीले सहभागिता जनाउन पाउने आयोजक सुनसरी जिल्ला बडिबिल्डर एशोसिएसन तथा फिटनेश संघले जनाएको छ ।