पेस्तोलसहित पक्राउ परे भारतीय नागरिक

 

जेठ २८, मोरङ । प्रहरीले विराटनगरबाट दुई वटा पेस्तोलसहित एक भारतीयलाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले विराटनगर महानगरपालिकाको एक होटलबाट भारतको सीतामणिका २२ वर्षीय कुणालकुमार सिंहलाई सोमबार राति नियन्त्रणमा लिएको हो । 

null

गोप्य सुचनाको आधारमा होटलमा छापा मार्न पुगेको प्रहरी टोलीले सिंहको साथबाट एकथान चाइनिज र अर्को एकथान कटुवा पेस्तोल बरामद गरेको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *