विराटनगरका युवाहरुको उदाहरणीय कामः प्रचण्ड गर्मीमा जुस वितरण

 

जेठ ३२, विराटनगर ।  विराटनगरका युवाहरुले केही दिन यतादेखी विराटनगरमा प्रचण्ड गर्मी भएपछी बजारमा सर्वसाधारणलाई जुस वितरण गरी सामाजिक कार्य गरेका छन् । 

विराटनगर युवा शक्तिमा आवद्ध उनिहरुले दिउँसो विराटनगरको तापक्रम अत्याधिक बढेपछी बजारमा हिँड्ने यात्रुहरु तथा सर्वसाधारणलाई जुस वितरण गरेका हुन् । 

null

 

गर्मी सुरु भएयता विराटनगर मेनरोड स्थित एन आइसि एसिया बैंक अगाडी दैनिक करिब १ दर्जन पानिको जारबाट चिसो पानि वितरण गर्दै आएका विराटनगर युवा शक्तिमा आवद्ध युवाहरुले अब गर्मी महिनामा २ पटक जुस वितरण गर्ने अध्यक्ष राहुल सोनीले जानकारी दिए । 

विराटनगर युवा शक्तिमा आवद्ध युवाहरुले नियमित विभिन्न सामाजिक कार्यहरु स्थापना कालदेखीनै गर्दै आइरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *