हलिउड एन्जेलिना जोलीलाई सम्बन्ध विच्छेदकाे दबाब

 

जेठ २६ ।  हलिउड अभिनेता ब्राड पिटले एन्जेलिना जोलीलाई सम्बन्धविच्छेद गर्न दबाब दिएका छन् । उनीहरु सन् २०१६ मा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए । 

सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गराएपनि जोलीले कागजपत्रमा हस्ताक्षर नगरेपछि उनीहरुको सम्बन्धविच्छेद रोकिएको हो । जोलीले हस्ताक्षर नगरेपछि पिटले अल्टिमेटम दिएका छन् । उनले जोलीलाई सम्बन्धविच्छेदको मिति तोक्ने वा अदालतमा फाइन तिर्ने मध्ये एउटा गर्न दबाब दिएका हुन् । 

null

पिटका नजिकका साथीका अनुसार उनी एकदमै शान्त स्वभावका मानिस हुन् । तर जोली भने सम्बन्धविच्छेद गर्न आनाकानी गरिरहेकी छिन् । उनी हरेक महिना कुनै न कुनै बाहाना गरेर पछाडि हटिरहेकी छिन् । 

उनीहरुले आपसी मनमुटावका कारण एक अर्काबाट टाढिने निर्णय लिएका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *