‘केपी ओली सरकारले जनतालाई दुःख दियो, अब ढाल्छौँ’

 

असार १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार ढाल्ने चेतावनी दिएका छन् । 

शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले राजतन्त्र जसरी नै केपी शर्मा ओलीको सरकार ढाल्ने चेतावनी दिएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘केपी ओलीको सरकारले जनतालाई दुःख दिन थालेको छ । लोकतन्त्रमाथि प्रहार गरिरहेको छ । लोकतन्त्रका लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन ।’ 

सभापति देउवाले पार्टी निकट कर्मचारीहरुलाई सरकारले धेरै दुःख दिने गरेको भन्दै आक्रोश पोखे । 

उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने पनि दाबी गरे । 

भ्रष्टाचार नियन्त्रण गर्न नसकेकै कारण मुलुक संकटतर्फ उन्मुख भएको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *