धरानमा करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते

 

जेठ २७, धरान । सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित पटनालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

सोमबार (आज) दिउँसो करिब ४ बजे ५÷६ जनाको समहुले घाँस काट्न पटनालीको जंगल गएको बेला घास काटने क्रममा पिपलको रुखको घाँस काटने क्रमाम माथिबाट गएको विद्युतको हाईटेन्सन तारमा छुन पुग्दा सोही ठाउँकी एक महिलाको मृत्यु भएको हो । 

null

मृत्यु हुनेमा ५५ बर्षिया धनमाया कार्की रहेकी छिन् । अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । यस्तै घाइते भएकी ५० वर्षीय कबिता बाग्लेको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको उनका छोरा राजेन्द्र वाग्लेले जानकारी दिए । 

मृतक कार्कीको शव प्रतिष्ठानको शव गृहमा राखिएको प्रतिष्ठान प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *