नेकपा सचिवालय बैठक बस्दै, टुंगिएला इन्चार्ज र सहइन्चार्ज विवाद ?

 

जेठ २३, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक आज पनि बस्दैछ । 

आज १२ बजेबाट सुरु हुने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

null

बैठक आज बिहान ९ बजेका लागि बोलाईएको थियो । नेताहरुको व्यस्तताका कारण बैठक १२ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन अधिकारीले जानकारी दिए । 

इन्चार्ज र सहइन्चार्जको टुंगो हिजो (बुधबार) कै बैठकमा लगाउने भनिएको थियो । तर, सहमती हुन नसकेपछि बैठक आज पनि बस्न लागेको हो । मंगलबार पनि यसै विषयमा छलफल भएको थियो । 

मंगलबार र बुधबारको बैठकमा शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद हुँदा बैठक विना निष्कर्ष टुंगिएको थियो । 

आजको बैठकमा सरकारको कामको समीक्षा र अन्य सांगठनिक कामका विषयमा पनि छलफल हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *