सभापति देउवाका कुरा गम्भीर रूपमा लिन प्रधानमन्त्रीलाई अनुरोध छः योगेश भट्टराई

 

असार ४, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले प्रतिपक्षका कुरामा प्रधानमन्त्रीलाई गम्भीर बन्न आग्रह गरेका छन् । 

बुधबारको संसद बैठकमा सभापति शेयरबहादुर देउवा आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले संसद प्रतिपक्षको भन्दै आफूले पहिले बोल्न पाउनुपर्ने धारणा राखेका थिए । साथै उनले प्रम ओलीको युरोप भ्रमण असफल भएको पनि दाबी गरेका थिए । 

null

नेकपा सांसद भट्टराईले देउवाको धारणामाथि आफ्नो प्रतिक्रिया राख्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आज प्रतिपक्षी दलका नेता माननीय शेर बहादुर देउवा धेरै रिसाएको मुडमा प्रस्तुत हुनुभयो । विषयवस्तु प्रतिको असहमति हो कि ? हिजो संसदमा आफैबाट भएको गम्भीर गल्तीप्रतिको आत्मग्लानी ? जे भए पनि उहाँका कुरालाई गम्भीर रुपमा लिन प्रधानमन्त्रीलाई अनुरोध गर्दछु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *