बेलायती राजकुमारको कार्गेडले ठक्करबाट एक बृद्ध गम्भिर घाइते

  

 

असार ४, बेलायत ।  बेलायती राजकुमार विलियम्सको कार्गेडले ठक्कर दिँदा एक हजुरआमाको अवस्था नाजुक छ । 

null

सोमबारको उक्त दुर्घटना सात महिनामा राजपरिवार संलग्न भएको सातौं दुर्घटना हो । पुलिस अधिकारी यसबारे अनुसन्धान गरिरहेका छन् । 

विलियम र उनकी श्रीमती केट विन्डसर क्यासलमा आयोजित एक कार्यक्रममा भाग लिन लण्डन छोड्ने क्रममा उक्त दुर्घटना भएको हो । 

 

स्थानीय साइमन ब्यांक्सका अनुसार दुर्घटनामा घाइते ८३ वर्षे वृद्धाको नाम इरेने मेयर हो । उनले भनिन्, ‘दुर्घटनास्थललाई पुलिसले पूरै घेरेका थिए । एक वृद्धा भुइँमा थिइन्, उनले घटनास्थलमा नै उपचार भइरहेको थियो र त्यहाँ नजिकै सडकको छेउमा मोटरसाइकल रोकिएको थियो ।’ 

शाही जोडीका प्रवक्ताले डेली मेलसँगको कुराकानीमा आफूहरुलाई दुर्घटनाले अत्यधिक दुःखी बनाएको र पीडितको परिवारसँगको सम्पर्कमा रहेको जानकारी दिए । आफूहरुले फूलसमेत पठाएको उनले बताए । 

घाइते इरेने यदि तयार छिन् भने शाही जोडीले उनलाई भेट्ने बताएका थिए । 

इरेनेसँगै बस्ने उनकी छोरी फियोनाले आमालाई अत्यधिक चोट लागेको जानकारी दिइन् । ‘डाक्टरले उनको स्वास्थ्यलाई स्थिर राख्ने प्रयास गरिरहेका छन् ।’ 

पुलिसका अनुसार ८३ वर्षे पीडितलाई लण्डन अस्पताल पुर्याइएको छ जहाँ उनको स्वास्थ्य नाजुक तर स्थिर छ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *