भारतीय विदेशमन्त्री जयशंकरलाई परराष्ट्रले पठायो नेपाल भ्रमणको दोस्रो निम्ता

 

असार ८, काठमाडौं । नेपालमा भारतले लगाएको ५ महिने लामो नाबन्दीको योजनाकार मानिएका भारतीय विदेशमन्त्री एस.जयशंकरलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमणमा आउन पुनः निमन्त्रणा पठाएका छन् । 

परराष्ट्रमन्त्री ज्ञवालीले यसअघि (चुनावको समयमा) पनि विदेशमन्त्री जयशंकरलाई बधाईसहित नेपाल भ्रमणको निम्तो पठाएका थिए । तर विदेशमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो भ्रमण भुटानको गरेका थिए । 

null

नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि परराष्ट्र मन्त्रालयले पुनः निमन्त्रणा पठाएको बताइएको छ । 

यो विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने कुरा थियो । तर भारतमा चुनाव भएका कारणले बैठक स्थगित भएको थियो । 

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले असार ३ गते विदेश मन्त्रालयका सचिव विजय गोख्लेसँग भेटेर जयशंकरको नेपाल भ्रमणको समय तय गर्न आग्रह गरेका थिए । 

दूतावासका अनुसार विदेश मन्त्री जयशंकर विदेश मन्त्रीस्तरीय बैठकमा आउने कार्यक्रम रहेको छ तर मिति तय भएको छैन। विदेशमन्त्री स्तरीय बैठकमा राजनीति, सुरक्षा, दुई देशको सीमा, आर्थिक सहयोग, जलस्रोत, दुई देशको शिक्षा, सँस्कृति लगायतको विषमया छलफल हुने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *