अस्पतालमा एक अर्कालाई गोली हान्दा ५ को मृत्यु

 

असार ३ । सोमबार राती पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालमा दुई समूहबीच विवाद बढेर गोली चल्दा ५ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् । 

उक्त गोली प्रहारबाट ४ जनाको घटना स्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारको क्रममा मृत्यु भई मृतकको संख्या पाँच पुगेको हो । 

null

अन्य घाइते ३ को स्वास्थ्य अवस्था समेत चिन्ताजनक रहेको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ । 

पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको जिल्ला प्रमुख कार्यालयहरुको अस्पतालमा सोमबार राती दुई समूहबीच  विवाद बढेपछी एक अर्कालाई गोली हान्दा उक्त घटना हुन पुगेको हो । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *