सलमानले लिए बिग बसकाे एक एपिसोडकाे यती मंहगाे पारिश्रमिक
असार ६, भारत । बलिउड नायक सलान खान फिल्ममा अभिनय, विभिन्न उत्पादनको विज्ञापनका साथै पछिल्लो ९ वर्षदेखि रियालिटी शो बिग बसलाइ पनि होस्ट गरिरहेका छन् । कार्यक्रमको १३ औं सिजनमा पनि उनी देखिनेछन् । खास कुरा के हो भने यसपटक कार्यक्रमबाट उनको कमाईमा करिब सय करोड भारुको वृद्धि भएको छ ।
२६ एपिसोडका लागि पाइरहेका छन् ४०३ करोड भारुः
null
स्रोतलाई विश्वास गर्ने हो भने सलमान खानले च्यानलसँग करिब ४०३ करोडको डिल गरेका छन् । हरेक विकेन्ड टिभीमा देखिनका लागि सलमानले करिब ३१ करोड (दुई एपिसोडका लागि) पाउनेछन् । शो १३ हप्तासम्म चल्नेछ र सलमान खान शनिबार र आइतबार मात्र देखिनेछन् । यो हिसाबले उनी कुल २६ एपिसोडमा देखिनेछन् ।
सलमान आफ्नै शो पनि बनाउन चाहन्छन्ः
गत वर्षको तुलनामा सलमानले आफ्नो पारिश्रमिक खासै बढाएका छैनन् । टिभी प्रोडक्सनमा सलमान खान तीब्र रुपमा आफूलाई विकास गर्न चाहन्छन् ।
स्रोतका अनुसार सलमान द कपिल शर्मा शो र नच बलिए ९ जस्ता कार्यक्रम निर्माण गरेपछि कलर्स च्यानल र एन्डेमोल प्रोडक्सन (बिग बस, खतरोंका खिलाडी, इन्डियाज नेक्स्ट सुपरस्टारका निर्माता) सँग मिलेर आफ्नो नयाँ शो ल्याउन चाहन्छन् । त्यसैले उनले यसपटक आफ्नो पारिश्रमिक धेरै बढाएका छैनन् ।
पछिल्लो सिजनमा पाए ३००–३५० करोडः
सलमानले सिजन ११ का लागि प्रति एपिसोडको ११ करोड भारु लिएको बताइन्छ । बिग बस १२ का लागि उनको पारिश्रमिक प्रति एपिसोड लगभग १२–१४ करोड भारु थियो । अर्थात्, पछिल्लो वर्ष उनले कार्यक्रमबाट करिब ३००–३५० करोड भारुको कमाई गरेका थिए ।
शोकाे चर्चासँगै बढाए शुल्कः
शोको चर्चासँगै सलमान खानको पारिश्रमिक वर्षैपिच्छे बढ्दै गयो । शोको सिजन ४ देखि उनले होस्टको जिम्मेवारी सम्हाले । सिजन ५ देखि ६ सम्म उनले प्रति एपिसोड लगभग २.५ करोड भारु लिए । सिजन ७ मा उनले आफ्नो पारिश्रमिक दोब्बर गरेर ५ करोड भारु प्रति एपिसोड लिए ।
बिग बस ८ का लागि सलमानले ५.५ करोड भारु प्रति एपिसोड लिए भने सिजन ९ मा उनको पारिश्रमिक ७–८ करोड भारु प्रति एपिसोड थियो । सिजन १० मा उनले प्रति एपिसोड ८ करोड लिएका थिए । एजेन्सी