ग्यास सिलिन्डर पड्किँदा ७ जना घाइते

 

जेठ २४, सिमरा । बारामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा ७ जना घाइते भएका छन् । 

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१४, डुमरवानाको स्याउली बजारस्थित एक घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा एकै परिवारका ४ जनासहित ७ जना घाइते भएका हुन् । 

null

आगलागीमा परी घाइते हुनेमा एकै परिवारका ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीया अनीता थिङ रहेका छन् । 

त्यस्तै स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ । 

स्थानीय सुकुमाया ब्लोनको घरमा सिलिण्डर ग्यास लिक भएर आगलागी भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *