मिर्गौला पीडित वुद्धमायालाई आर्थिक सहयोग हस्तान्तरण

चितवन, ३ असार । चितवनको रत्ननगर नगरपालिका १४ पिठुवाकी मिगौला पीडित एक महिलालाई सोमबार आर्थिक सहयोग गरिएको छ । जापानमा रहेका नेपालीहरुले संकलन गरेर पठाएको ७६ हजार ५० रुपैया मिगौला पीडित वुद्धमाया थापा मगरको उपचारका लागि सहयोग गरिएको हो । 

रत्ननगर नगरपालिका वडा नम्वर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सो रकम हस्तान्तरण गरिएको थियो । जापानमा रहेका रामशरण न्यौपानेले त्यहाँ कार्यरत २८ जना नेपालीहरुसंग सहयोग जुटाएर खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल मार्फत सो रकम पठाएका थिए । 

 

null

सहयोग हस्तान्तरण कार्यक्रममा रत्ननगर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठले विदेशमा रहेर पनि नेपालीलाई परेको समस्यामा सहयोग गरेकोमा खुसी व्यक्त गरे । मानिसको कुनै पनि अंग प्रत्यारोपण गर्दा नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको उल्लेख गर्दै वडाध्यक्ष श्रेष्ठले मिर्गौलाको प्रत्यारोपण पश्चात नगरपालिकाले ५० हजार रुपैया सहयोग गर्ने बताए । 

सहयोग हस्तान्तरणमा समाजसेवी तथा व्यवसायी उत्तम अधिकारी, अजय रावल, रामचन्द्र कोईराला, अनिता खरेल, संचारकर्मी अनिल कुँवर लगायतको उपस्थिती रहेको थियो । वुद्धमायाका श्रीमान लेखवहादुर थापा मगरका अनुसार उनको उपचारका लागि हाल सम्म करिव १२ लाख रुपैया खर्च भईसकेको छ । अहिले डायलाईसिस गरिरहेको बताउँदै थापा मगरले प्रत्यारोपणका लागि करिव १० लाख रुपैया लाग्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *