छुटेकाे २ दिन बित्न नपाउँदै युटुवर प्रनेश पुनः पक्राउ

 

जेठ ३२, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले युटुवर प्रनेश गौतमलाई पुनः पक्राउ गरेका छन् । छुटेको २ दिन पनि बित्न नपाउँदै उनी पुनः पक्राउ गरेका हुन् । 

चलचित्रको समीक्षा गरेका कारण पक्राउ परेका प्रनेश जेठ ३० गते बिहिबार हाजिरी जमानी छुटेका थिए । छुटेको २ दिन पनी बित्न नपाउँदै शुक्रबार विहान ६ बजे महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनी पुनः पक्राउ परेका हुन् । 

null

निर्देशक मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा गरेपछी चलचित्रका निर्माणपक्षले प्रहरीमा उजुरी दिएपछी उनी जेठ २४ गते पक्राउ परेको थिए । 

साइबर अपराधको मुद्दा चलाईएको प्रनेशको सरकारको वकिलको कार्यालयले मध्याह्न १२ बजेरि मात्र मुद्दा दर्ता गरेपछी उनको मुद्दामा बहस हुन नसकेपछि उनी पुनः पक्राउ परेका हुन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *