नाकाबन्दीका योजनाकार जयशंकर बने नयाँ विदेश मन्त्री, गृहमा अमित शाह

 

जेठ १७, काठमाडौं । भारतको नवगठित मन्त्रिपरिषदको कार्य विभाजन गरिएको छ । पहिलो पटक सांसद बनेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै जयशंकर विदेश मन्त्री भएका छन् । भारतीय प्रधानमन्त्री मोदीको विशेषदूत बनेर आएका जयशंकरले तत्कालीन राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, राष्ट्रिय पार्टीका शीर्ष नेताहरुसँग भेटवार्ता गरी संविधान जारी नगर्न दवाब दिएका थिए । साथै उनी नेपालमा नाकाबन्दीका योजनाकार पनि हुन् । 

null

त्यस्तै मानव संसाधन विकास मन्त्रीमा रमेश पोखरियाल नियुक्त भएका छन् भने महिला एवम् बाल विकास मन्त्रीमा स्मृति इरानी, रेल मन्त्रालय एवम् वाणिज्य मन्त्रालयमा पीयूष गोयल, कानून मन्त्रालयमा रविशंकर प्रसाद रहेका छन् । 

कुषि मन्त्रालयको जिम्मा नरेन्द्र सिंह तोमरले पाएका छन् भने खाद्य एवम् आपूर्ति मन्त्रीमा रामविलास पासवान नियुक्त भएका छन् । 

मोदीले भारतीय समय अनुसार बिहीबार बेलुकी सपथ लिएका थिए । प्रधानमन्त्री ओली पनि सपथ समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका थिए । उनी आज स्वदेश फर्कँदै छन् । 

यस पटकको सपथ ग्रहण समारोहमा भने बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटानका राष्ट्र प्रमुखहरु सहभागी थिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *