संसदमा बोल्न नपाएका प्रधानमन्त्रीले किन बोलाए पत्रकार सम्मेलन ?

 

असार ३, काठमाडौं । आफूले पहिला सम्बोधन गर्ने कि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पहिले बोल्ने भन्ने विषयमा विवाद भएपछि संसदमा बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेका छन् । 

साँझ ५ बजे आफ्नै कार्यालय सिहदरबारमा प्रम ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । 

null

मंगलबार बिहानको संसद बैठकमा प्रधानमन्त्रीले बोल्न खोज्दा प्रमुख प्रतिपक्षी दल काग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको थियो । 

सामान्यतया प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेपछि उनलाई नै मात्र बोल्न दिने यसअघिको संसदीय अभ्यासलाई नै सभामुखले लागु गर्न खोजेपछि कांग्रेसका सांसद रोस्टम नै घेर्न पुगेका थिए । 

प्रधानमन्त्री ओलीले सिहदरबारमा आयोजना गर्ने पत्रकार सम्मेलनमा विभिन्न विधेयक र विशेष गरेर गुठी विधेयकका बारे केही कुरा राख्ने उनको सचिवालयले जनाएको छ । 

यस्तै उनले आफ्नो युरोप भ्रमणका बारे पनि जानकारी गराउने बताइएको छ । साथै विवादित मिडिया काउन्सिल विधेयकबारेमा समेत कुरा राख्नेछन् । 

प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएसँगै गुठी विधेयकको विरोधमा भइरहेको आन्दोलनलाई मत्थर गर्नका लागि छलफलमा व्यस्त थिए । उनले हिजै नेकपाका शीर्ष नेताहरुसहित उपत्यकाका सांसद, प्रदेश सांसद तथा मेयर र वडा अध्यक्षहरुलाई भेटेका थिए । 

बिहानको संसद बैठकमा नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री अघि समसामयिक विषयमा कुरा राख्नका लागि समयको माग गरेपनि प्रधानमन्त्री ओलीलाई मात्रै समय दिइएकोले विरोधमा उत्रिनु परेको कांग्रेसको दाबी थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *