काठमाडौं महानगरपालिकाको बजेट साढे १५ अर्ब, प्राथमिकतामा के छ ?
असार १०, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि साढे १५ अर्ब बढीको बजेट ल्याएको छ ।
मंगलबार काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले नगरसभामा १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको विनियोजन विधेयक प्रस्तुत गरेकी हुन् ।
null
महानगरपालिकाले शिक्षा, पर्यटन, संम्पदा संरक्षण, भौतिक पूर्वाधार, शिक्षालाई विशेष प्राथमिकतामा राखि बजेट विनियोजन गरेको छ ।
भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड, सामाजिक विकास कार्यक्रमका लागि १ अर्ब ५२ करोड, शिक्षाका लागि एक अर्ब ३५ करोड बजेट पर्यटन तथा सम्पदा संरक्षणका लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड विनियोजन गरिएको उपमेयर खड्गीले जानकारी दिइन् ।
यस्तै महानगरपालिकाले वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड, सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख, सूचना तथा सञ्चारका लागि १६ करोड बजेट छुट्याएको छ ।
जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि ७ करोड, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पशुसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।