रत्ननगरलाई खरको छानोमुक्त बनाईदैं

 

जेष्ठ २८, चितवन। चितवनको रत्ननगर नगरपालिकाले अर्को लोकप्रिय कार्यक्रम अगाडी वढाएको छ । 

वृद्धवृद्धालाई घरघरमै पुगेर स्वास्थ्य चेकजाँच गर्ने, गाईभैसीलाई सुस्केरी भत्ता वितरण गरेर लोकप्रियता कमाएको रत्ननगरले नगर भित्रका खरको छानोमुक्त गर्ने अभियानको सुभारम्भ गरेको छ । 

null

मंगलवार रत्ननगर १४ लौरीघोलमा सरिता विकको घरलाई खरको छानोमुक्त वनाउन जस्तापाता वितरण गर्दै यो अभियानको सुरुवात गरिएको हो । आर्थिक रुपमा अतिविपन्न भई खरको छानोको घरलाई खरमुक्त वनाउने उदेश्यका साथ जस्तापाता वितरण गरिएको रत्ननगरका मेयर नारायण वनले वताए । 

खरको छानाकै कारण पानी पर्दा चुहिएर भित्रै छाता ओढ्नु पर्ने अवस्था छ मेयर वनले भने – नगरका कोही पनि समस्यामा नपरुन भनेर नगरले नयाँ योजना ल्याएको हो । मेयर वनका अनुसार प्रारम्भिक तथ्यांक अनुसार नगर भित्र २७५ घर खरको छानो छ । चालु आर्थिक वर्षमा १४७ घरधुरीलाई जस्तापाता वितरण गर्ने नगरपालिकाको योजना रहेको मेयर वनले वताए । 

त्यसका लागि करिव २४ लाख रुपैंया खर्च हुनेछ । प्रतिघरधुरी २ वण्डल जस्ता वितरण गरिएको नगरपालिकाका प्रवक्ता राजेन्द्र हमालले वताए ।चालु आर्थिक वर्षमा १४७ घरधुरीलाई जस्तापाता वितरण गरिएपनि वाँकीलाई आागमी आर्थिक वर्षमा वितरण गरिने प्रवक्ता हमालले वताए । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोख्रेल, नगरपालिकाको विपद व्यवस्थापन समिति संयोजक समेत रहेका रत्ननगर ६ का वडाध्यक्ष वलराम दहाल,वडाध्यक्षहरु विनोद वस्नेत,हेमराज थापा,रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी लगायतको उपस्थितीमा जस्तापाता वितरण गरिएको थियो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *