‘जनताले जे देखे फेसबुकमा त्यही लेखे, चिन्ता किन ?’

 

सम्माननीय सभामुख महोदय, हिजो दिनभरी मान्यज्यूहरुले जेठ ३ गतेका कुरा लिएर सम्माननीय प्रधानमन्त्रीज्यूको विशेष दूत बनेर न्वारनदेखिकै बल निकाली संसदीय व्यवस्था पढाउन प्रतिस्पर्धा नै गर्नुभयो । 

मान्यज्यूहरुलाई म शुभकामना व्यक्त गर्दछु । अहिले बाहिर हल्ला छ । मन्त्रीमण्डल चेन्ज फेन्ज हुँदैछ रे । मन्त्री बन्नुस् । अबको चुनावपछि यहाँहरुका दिन आउन पनि सक्छ । नआउन पनि सक्छ । 

null

सम्माननीय सभामुखज्यु, अझ हिजो एक जना मान्यज्यूले त कडासँग ठुलै कुरा गर्नुभयो । प्रतिपक्षलाई दोष दिएर सरकारले पानीजहाज ल्याउन लागेको फेसबुकमा कागजको डुंगा बनाएर राख्यो रे । मान्यज्यू, जनताले जे देखे त्यही फेसबुकमा लेखे । चिन्ता किन लिनुहुन्छ ? 

प्रधानमन्त्रीज्यूले पानीजहाज भनेको दुई वर्ष पुग्न लाग्यो । तर पानीजहाजको कार्यालय र बोर्डभन्दा अरु के छ त ? त्यही कागजी डुंगा नै त हो नि ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *