प्रधानमन्त्रीले दुःखी हुँदै गरे यस्तो ट्वीट

 

असार ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरी आफ्नो भनाइ राख्न नदिएकोमा दुःख व्यक्त गरेका छन् । 

मंगलबारको संसद बैठकमा आफूले पहिले बोल्न नपाएको भन्दै कांग्रेसले रोस्टम घेराउ गरी नाराबाजी गरेका थिए । 

null

पटक पटक सभामुखले प्रधानमन्त्रीले बोलेपछि बोल्न दिने भन्दै बस्न अनुरोध गर्दा समेत कांग्रेसले नाराबाजी कायमै राखेपछि बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

 

सोही विषयमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘प्रतिपक्षी नेकाँले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैँले हालेको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइनँ । यस घटनाबाट म दुःखी भएको छु ।’ 

ओलीले आज साँझ ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन बोलाएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले विभिन्न विधेयक र विशेष गरेर गुठी विधेयकका बारे केही कुरा राख्ने उनको सचिवालयले जनाएको छ । 

यस्तै उनले आफ्नो युरोप भ्रमणका बारे पनि जानकारी गराउने बताइएको छ । साथै विवादित मिडिया काउन्सिल विधेयकबारेमा समेत कुरा राख्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *