सुरक्षाकर्मीहरुले २५० जनाभन्दा बढीलाई गिरफ्तार गरे

 

असार १४, अदिस अबाबा । इथियोपियाका सुरक्षाकर्मीहरुले झण्डै २५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन् । 

उच्च तहका पाँच सुरक्षा अधिकारीहरुको हत्या भएपछि ‘कु’को खतरा रहेको आशङ्का चलिरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो । राजधानी अदिस अबाबा र उत्तरी सहर अम्हारामा अहिले उच्च सुरक्षा सतर्कताको व्यवस्था गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । 

null

गत हप्ताको अन्त्यमा सेना प्रमुख, एक जना अवकास प्राप्त जनरल र अर्का तीन जना वरिष्ठ क्षेत्रीय उच्च अधिकारीहरुको हत्या भएपछि सुरक्षा सतर्कता बढाइएको हो । 

विद्रोही सुरक्षाकर्मीहरुको तर्फबाट मुलुकलाई खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरुले सरकारी पक्ष पूर्ण तयारी र सतर्क अवस्थामा रहेको जनाएका छन् । 

सुरक्षा तथा न्यायिक कार्यदलले अम्हारा क्षेत्रबाट मात्रै २१२ जनालाई गिरफ्तार गरेको जनाएको छ भने अदिस अबाबाबाट ४३ जनालाई गिरफ्तार गरिएको बताएको छ । कार्यदलको तर्फबाट बिहीबार जारी वक्तव्यमा सुरक्षाकर्मीहरुले दुई ठूला मेसिनगन र २७ स्वचालित राईफल पनि बरामद गरेको उल्लेख छ । कार्यदलले हालै भएका दुई आक्रमणका घटनाका बारेमा अहिले पनि विस्तृतमा अध्ययन भइरहेको जनाएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *