स्वास्थ्य प्रर्वद्धन तथा सचेतना कार्यक्रम
असार १, चितवन । चितवनको खैरहनी नगरपालिकामा स्वास्थ्य प्रर्वद्धन तथा स्वास्थ्य सचेतना कार्यक्रम आईतवारदेखी सुरु भएको छ ।
खैरहनी नगरपालिकाको आयोजना तथा क्षयरोग निवारण संस्था भरतपुर र व्युटिफुल माईन्ड इन्स्टिच्युट अफ साईक्याट्रीको सहयोगमा दुई दिने कार्यक्रम सुरु भएको हो ।
null
नगर उपप्रमुख सुनिता थपलियाको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले स्वागत मन्तव्यसहित कार्यक्रमको उदेश्यबारे जानकारी गराएका थिए ।
कार्यक्रमकको पहिलो दिन मानसिक रोग विषेशज्ञ डाक्टर गिरीराज भन्तनाले मानसिक स्वास्थ्य तथा लागु औषध दुव्र्यसनीका बारे सहजीकरण गरेका छन् । त्यस्तै दोश्रो दिन मेरो वर्ष अभियान, सर्ने नसर्ने रोग, प्रजनन स्वास्थ्य, वाल स्वास्थ्यका बारे नगरपालिकाका स्वास्थ्य संयोजक माया पाण्डे र सहसंयोजक रुद्र शर्मा तथा क्षयरोगका बारे क्षयरोग निवारण संस्थाका अर्जुन त्रिपाठीले सहजीकरण गर्नेछन् ।