प्रभु बैंकको एकै दिन दुई नयाँ शाखा सञ्चालनमा

 

जेठ २०, काठमाडौं । प्रभु बैंक लिमिटेडले एकै दिन दुई नयाँ आप्mना शाखा सञ्जालनमा ल्याएको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा दिने उद्देश्यले बैंकले काठमाडाैँ महानगरपालिका वडा नं. १४ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ५ मा लमही शाखा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

 

null

काठमाडौं बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहका विच समुद्घाटन गरेका थिए भने, दाङ लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी.समुद्घाटन गरेका थिए । 

आजैदेखि सञ्चालनमा आएका दुवै शाखा कार्यालयहरु उद्घाटनका क्रममा दुवै प्रमुख अतिथीहरुले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताएका थिए । बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उनीहरुले आग्रह गरे । 

बंैकले हालसम्म १८२ वटा शाखा, १४६ वटा ATM र २३ वटा एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *